२०७८ श्रावण १३ , बुधवार

भारतमा थप संक्रमितको संख्या ४२ हजार १५ जना

corna

सुुनाखरी न्युज /

भारत –  भारतमा कोरोना संक्रमितको संख्या फेरि बढ्न थालेको छ । भारतमा कोरोनाभाइरसबाट नयाँ ४२ हजार १५ जनामा संक्रमण पुष्टि भएको छ भने ३६ हजार ८५७ जना निको भएका छन् । यही अवधिमा थप ३ हजार ९९८ जनाले ज्यान गुमाएका छन् यद्यपि, यो संख्या महाराष्ट्रले यसअघि ज्यान गुमाएकाहरुको संख्या थप गरेपछि बढी देखिएको थियो ।

त्यहाँ पछिल्लो दिन १४७ जनाको मृत्यु भएको थियो भने ३ हजार ५०९ जनाको पुरानो मृत्युको संख्या थप गरिएको थियो । यसअघि ९ जुनमा पनि बिहानमा पनि पुरानो मृत्युको आँकडा थप गरिएको थियो । सो दिन एकै दिन ६ हजार १३९ जनाको मृत्युको संख्या थपिएको थियो ।

भारतमा हालसम्म ३।१२ करोड संक्रमित भइसकेका छन् भने ३।०३ करोड निको पनि भएका छन् । हालसम्म भारतमा ४।१८ लाखको मृत्यु भइसकेको छ । हाल ४।०१ लाख जनसंख्या उपचाररत रहेका छन् ।

भारतको चिकित्सा अनुसन्धान परिषद्ले अहिलेसम्म कुल ४४ करोड ९१ लाख ५३ हजार २७३ जनाको स्वाब परीक्षण गरिएको छ । त्यसैगरी गत जनवरी १६ बाट भारतमा कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि अहिलेसम्म ४१ करोड ५४ लाख ७२ हजार ४५५ ओटा कोरोना भाइरसविरुद्धको खोप प्रयोग भएको छ ।