२०७८ श्रावण २१ , बिहिवार

टोकियो ओलम्पिकमा सबैभन्दा कान्छी टेबलटेनिस खेलाडी

zaza

सुनाखरी न्युज /

टेबलटेनिस खेलाडी हेन्ड जाजाले सबैभन्दा कान्छी प्रतिस्पर्धीका रुपमा टोकियो ओलम्पिकमा सहभागिता जनाउँदै छिन् । उनी ११ वर्षमो उमेरमा ओलम्पिकका लागि क्वालिफाइ भएकी थिइन् । टोकियो ओलम्पिकमा उनले टेबलटेनिस महिला सिंगलतर्फ प्रतिस्पर्धा गर्नेछिन् ।

इन्टरनेशनल टेबलटेनिस फेडेरेसनका अनुसार उनको जन्म २००९ जनवरी १ मा भएको हो । उनी टेबलटेनिसको वरीयतामा १५५ औं स्थानमा छिन् ।

जाजा ५२ वर्षपछि ओलम्पिकमा प्रतिस्पर्धा गर्ने सबैभन्दा कम उमेरकी खेलाडी हुन्। यसअघि सन् १९६८ को विन्टर ओलम्पिकमा ११ वर्षको उमेरमा बिएट्रिस हुस्तिउले स्केटिङमा प्रतिस्पर्धा गरेकी थिइन् । १२ वर्षे उनी ब्रिटेनको टिमबाट स्केट बोर्डिङमा प्रतिस्पर्धा गर्नेछिन् ।

ओलम्पिकमा सबैभन्दा युवा खेलाडीका रुपमा ग्रीक खेलाडी डिमिट्रिओस लउन्ड्रु रहेका छन् । रियो ओलम्पिकमा नेपालकी पौडीबाज गौरीका सिंह प्रतियोगिताकै युवा खेलाडी थिइन् ।