२०७८ श्रावण १० , आइतवार

बढ्दो तौललाई कम गर्नका लागि यी फलफूल र तरकारीको प्रयोग गर्नुेहोस्

fruit

 

सुनाखरी न्युज /
आफनो बढ्दो तौललाई कम गर्नका लागि विभिन्न तरिका अपनाउने गर्छन् । यदि तपाईं आफ्नो तौल कम गर्ने कोसिसमा हुनुहुन्छ भने डाइटमा यी फलफूल र सागसब्जी समावेश गर्नुहोस ।

मेवा – तौल कम गर्ने कोसिस गरिरहनुभएको छ भने आफ्नो खानामा मेवा समावेश गर्नुहोस । मेवामा धैरे प्रकारका भिटामिन र मिनरल्सहरु पाइन्छन् । यसमा कम क्यालोरी भएको कारणले पाचन तन्त्रलाई बलियो बनाउँछ र यसले पेट फुल्ने समस्या पनि कम गर्छ ।

काँक्रो – काँक्रोले पेटलाई चिसो बनाउनुका साथै अत्यधिक फाइबर पाइन्छ जसका कारण तपाईंको पेट लामो समयसम्म भरिएको महसुस हुन्छ तसर्थ तपाईं अस्वस्थकर खानेकुरा खानबाट बच्नुहुन्छ । काँक्रो खाँदा तौल कम हुनुका साथै शरीरले आवश्यक पोषक तत्व पाउने गर्छ ।

खरबुजा – गर्मीमा खरबुजा खान सबैलाई मनपर्छ । यसले शरीरलाई हाइड्रेट राख्ने गर्छ । खरबुजामा फाइबर बढी र क्यालोरी कम हुन्छ । खरबुजा खाँदा धेरै बेरसम्म भोक लाग्दैन र यसले गुलियो खाने इच्छालाई पनि कम गर्छ । खरबुजामा भिटामिनहरले तौल कम गर्नुका साथै गम्भीर रोगबाट पनि जोगाउँछ ।

लौका – लौकामा अत्यधिक पानी हुन्छ र फाइबर पनि प्रचुर मात्रामा पाइन्छ जसले शरीरलाई हाइड्रेट राख्न सहयोग गर्छ । लौकामा रत्तिभर पनि फ्याट हुँदैन । लौकाको तरकारी र जुसले शरीरलाई रोगबाट टाढा राख्नुका साथै मोटोपना घटाउन पनि निकै सहयोग गर्छ ।

भेँडे खुर्सानी- भेँडे खुर्सानीमा पाइने फाइटोकेमिकल्स तौल नियन्त्रण साथै पाचन तन्त्र पनि ठिक राख्छ । यो भिटामिन ए र सीले भरपुर हुन्छ जसले शरीरमा प्रतिरोधी क्षमता बढाउने काम गर्छ । यसका थुप्रै तत्वले प्राकृतिक पेनकिलरले जस्तै काम गर्छ ।

पालुङ्गो – पालुङ्गो फाइबर र पोषक तत्वले भरपुर हुन्छ । पालुङ्गोमा भिटामिन ए, सी, के, म्याग्नेसियम, आइरन र म्याग्नेसियम भरपुर मात्रामा पाइन्छ । बोसो कम गर्नका लागि आफ्नो ब्रेकफास्ट वा खानामा पालुङ्गो समावेश गर्नुहोस् । तरकारीबाहेक यसलाई सलादमा राखेर पनि खान सकिन्छ ।

आँप – आँप सन्तुलित मात्रामा खाने हो भने यसले तौल बढाउने होइन, नियन्त्रणमा राख्छ । आँपमा बायोएक्टिभ भएको कारणले बोसो कोसिकालाई दबाउने क्षमता हुन्छ । यदि तपाईं तौल घटाउने कोसिस गरिररहनुभएको छ भने कुनै चिन्ता नगरी आँप खान सक्नुहुन्छ ।

चुकन्दर – चुकन्दरमा कम क्यालोरी र फाइबर कारणले लामो समयसम्म भोक लाग्दैन । चुकन्दरको जुसले उच्च रक्तचापलाई कम गर्न मद्दत गर्छ । यसमा रत्तिभर पनि फ्याट हुँदैन जसका कारण यसले तौल बढ्न दिँदैन । बिहान चुकन्दरको जुस पिउँदा तपाईं दिनभरी सक्रिय रहन सक्नुहुन्छ । यसले थकान, कमजोरी र मांसपेशीमा ऐठनको समस्या पनि टाढा राख्छ ।