२०७८ श्रावण १९ , मंगलबार

विहिबार सुनको मुल्यमा गिरावट

gold

सुनाखरी न्युज/ काठमाडौँ – विहिबार सुनको मुल्यमा गिरावट आएको छ भने चाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ७ सयले घटेर प्रतितोला ९१ हजार ८ सयमा कारोबार भइरहेको छ ।

 

यसअघि बुधबार छापावाला सुन तोलाको ९२ हजार ५ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय रहेको छ । त्यसैगरी आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलामा १० रुपैँयाले बढेर प्रतितोला १२७० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।