२०७८ श्रावण १० , आइतवार

गैर आवासीय नेपाली संघ युकेको २०२१-२०२३ को लागि अध्यक्ष पदमा पाण्डेको उम्मेदवार

221692243_316903303471449_5496419305190828681_n

प्रदिप न्यैापाने/ काठमाडौँ –  ग़ैर आवासीय नेपाली संघ युकेको बर्ष २०२१-२०२३ को लागी ३१ जुलाईमा हुन गईरहेको निर्वाचनमा स्कटल्यान्ड राज्य समितिको अध्यक्ष पदमा पाण्डेले उमेद्वारी दर्ता गराएका छन ।

बर्ष २०१९-२०२१ को कार्यसमितिको सचिव पदमा रहेर आफुले ज़िम्मेवारीका साथ भुमिका निभाएको र राज्य समितिले पाउने हक़ अधिकार केही रुपमा भएपनि सुनिश्चित गराएको कुरा पनि पाण्डेले जानकारी गराउनु भयो।

 

व्यक्ति भन्दा पनि संस्थालाई सवौपरी राखेर स्कटल्यान्ड राज्य समितिलाई बलियो,पारदर्शी र स्वायत र सक्षम बनाई स्कटल्यान्डमा बस्ने सम्पूर्ण नेपालीहरुलाई एकीकृत गर्दै एउटा साझा संस्थाको रुपमा अगाडी बढाउने लक्ष्यका साथ स्कटल्यान्डको अध्यक्षमा उमेद्वारी दिएका छन ।