२०७८ श्रावण १० , आइतवार

एकताविरोधी गतिविधि नगर्न ओलीलाई नेपाल पक्षको आग्रह

Capture

सुनाखरी न्युज/ काठमाडौँ – नेकपा एमालेको माधव नेपाल पक्षले पार्टी एकता विरोधी कुनै पनि खालका गतिविधि नगर्न अध्यक्ष केपी शर्मा ओलीको गम्भिर ध्यानाकर्षण गराएको छ ।

 

वरिष्ठ नेता नेपाल पक्षको स्थायी समितिको बैठकले पार्टी एकता वार्ता चलिरहेका बेला आफू पक्षीय सांसदहरुलाई स्पष्टिकरण सोध्ने तथा वरिष्ठ नेता माधवकुमार नेपालविरुद्ध उत्तेजक नाराबाजी लगाउने लगायतका गतिविधिप्रति आपत्ति जनाउँदै त्यस्ता खालका एकताविरोधी गतिविधि नगर्न अध्यक्ष ओलीको ध्यानाकर्षण गराएको हो । माधव नेपाल पक्षले अदालतको फैसला अनुसार आफ्ना पार्टीका २२ जना सांसदले स्वविवेक प्रयोग गरी प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने अधिकार रहेको निष्कर्ष निकाल्दै यसै विषयलाई लिएर उनीहरुलाई स्पष्टिकरण सोध्ने काम गरेर पार्टीको एकतालाई भाँडने काम गर्न कुनै हालतमा नमिल्ने तर्क समेत गरेको छ ।

 

बैठकले पार्टी भित्र एकताको वातावरण बनिरहेको उल्लेख गर्दै त्यसलाई विथोल्ने काम नगर्न पनि अध्यक्ष ओली पक्षीय नेताहरुलाई आग्रह गरेको छ । वरिष्ठ वरिष्ठ नेता नेपालसहितका २२ जना सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि उनीहरुले अक्षम्य अपराध गरेको निष्कर्ष निकाल्दै उनीहरुलाई स्पष्टिकरण गर्ने सोध्ने निर्णय गरेको थियो ।