२०७८ श्रावण २१ , बिहिवार

चीनबाट खोप ल्याउन नेपाल एयरलाइन्सको जहाज बेइजिङ उड्दै, आजबाट लगातार तीन उडान हुने

NAC

सुनाखरी न्युज/ काठमाडौँ – चीनको राजधानी बेइजिङबाट कोरोना विरुद्धको खोप लिन नेपाल एयरलाइन्सको जहाजले आजबाट लगातार तीन उडान गर्दैछ ।

 

नेपाल वायुसेवा निगमका अनुसार सरकारले चीनबाट खरीद गरेको दोस्रो खेप लिन आज साँझ जहाज बेइजिङ उड्दैछ । यो जहाज बिहीबार काठमाडौं अवतरण गर्नेछन् । बिहीबार साँझ जहाज पुनः बेइजिङ जाने छ । सो जहाज शुक्रबार काठमाडौं आउने छ । अर्को उडान शनिबार साँझका लागि तोकिएको छ । सो जहाज आइतबार काठमाडौं आउने छ । वाइडबडी जहाज ए-३३९ जहाजले एक पटकमा ८ लाख भन्दा केही बढी खोप ल्याउन सक्छ ।

 

यसअघि निगमले २५ असारमा पहिलो खेप ल्याएको थियो । सो बेला ८ लाख ९ हजार ६ सय डोज खोप नेपाल आएको थियो । सरकारले ४० लाख डोज खोप चीनबाट किनेको छ । चीनले थप १६ लाख डोज खोप अनुदानमा दिने बताएको छ ।