२०७८ श्रावण १० , आइतवार

प्रधानमन्त्री देउवा र जसपा अध्यक्ष ठाकुरविच भेटवार्ता

Capture

सुनाखरी न्युज/ काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा र जनता समाजवादी पार्टी जसपा नेपालका अध्यक्ष महन्थ ठाकुरविच आज भेटवार्ता भएको छ ।

 

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा ठाकुरले सरकारलाई विश्वासको मत दिने समयमा भएको सहमति कार्यान्वयनमा ध्यानाकर्षण गराएका छन । जसपाको ठाकुर पक्षको केन्द्रीय कार्यकारिणी समितिले रेशम चौधरीलाई रिहाइ गर्नुपर्ने र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने विषय उठाइरहेको छ । देउवालाई विश्वासको मत दिएको ठाकुर पक्ष पनि सरकारमा जाने सम्भावना रहेको चर्चाका बीच प्रधानमन्त्री देउवा र ठाकुरविच कुराकानी भएको हो ।

भेटमा देउवाले जसपाका माग सम्बोधन गर्न आफु सकारात्मक रहेको भन्दै सत्ता साझेदार दलहरुसँग छलफल गरेर माग पुरा गर्न पहल गर्ने आश्वासन दिएका छन । उनले ठाकुर पक्षलाई सरकारमा सहभागी हुन समेत आग्रह गरेको बुझिएको छ ।