२०७८ श्रावण २१ , बिहिवार

महालक्ष्मी विकास बैंकको वितरणयोग्य नाफा ५६ करोडभन्दा बढी

5

सुनाखरी न्युज/ काठमाडौँ – महालक्ष्मी विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण बुधवार सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार अघिल्लो आर्थिक वर्षको भन्दा बैंकको खुद नाफा गत वर्ष ७१ प्रतिशतले बृद्धि भएको छ । अघिल्लो वर्ष ४२ करोड ८५ लाख ६४ हजार रुपैयाँ खुद नाफा गरेको बैंकले गत वर्ष ७३ करोड २९ लाख १६ हजार रुपैयाँ नाफा गरेको हो ।

 

अघिल्लो वर्षभन्दा ६७ दशमलव ७९ प्रतिशत सञ्चालन नाफा गरेको बैंकको खुद व्याज आम्दानी भने सामान्य प्रतिशत बृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म १ अर्ब ५४ करोड ४१ लाख ६६ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको कम्पनीले गत वर्ष १ अर्ब ५६ करोड ७३ लाख २६ हजार रुपैयाँ आम्दानी गरेको थियो । त्यस्तै अघिल्लो वर्ष ६० करोड ९९ लाख ४६ हजार रुपैयाँ सञ्चालन नाफा गरेको बैंकले गत वर्ष १ अर्ब २३ करोड ४ लाख ५४ हजार रुपैयाँ नाफा गरेको हो । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा भने ५६ करोड ३८ लाख ५५ हजार रुपैयाँ रहेको छ । गत वर्ष बैंकको निक्षेप संकलन अघिल्लो वर्षभन्दा ४ प्रशित र कर्जा प्रवाह २ प्रतिशत बढी भएको छ ।

 

अघिल्लो वर्ष ३६ अर्ब ९७ करोड ७१ लाख ६९ हजार रुपैयाँ निक्षेप संकलन गरेको कम्पनीले गत वर्ष ३८ अर्ब ६० करोड ९२ लाख ४९ हजार रुपैयाँ संकलन गरेको छ । त्यस्तै अघिल्लो वर्ष २९ अर्ब ४३ करोड ८१ लाख १८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको कम्पनीले गत वर्ष ३० अर्ब १० करोड ६३ लाख ७४ हजार रुपैयाँ प्रवाह गरेको छ । अघिल्लो वर्षभन्दा यस वर्ष बैंकको निष्क्रिय कर्जा अनुपात बढेको छ । अघिल्लो वर्ष २ दशमलव ८० प्रतिशत रहेको निष्क्रिय कर्जा गत वर्ष ३ दशमलव ३२ प्रतिशत कायम भएको हो । अघिल्लो वर्ष ९ दशमलव ९५ प्रतिशत रहेको बैंकको आधार ब्याजदर भने गत वर्ष ७ दशमलव २८ प्रतिशतमा झरेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म बैंकको प्रतिशेयर आम्दानी २१ दशमलव ९३ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १६४ दशमलव ७५ रुपैयाँ रहेको छ ।