२०७८ श्रावण २१ , बिहिवार

युरोकप विथ फोनलोनको विजेता लक्ष्मी बैंकका अशोक कुमार खति

Eurocup Winner

सुनाखरी न्युज/ काठमाडौँ – फोनलोनले आफ्नो ३ हप्ता लामो युरो कप विथ फोनलोनु क्याम्पेनको विजेता घोषणा गरेको छ । यस क्याम्पेन का विजेता लक्ष्मी बैंकका ग्राहक अशोक कुमार खति हुनु भएको छ र उहाँले सामसङ्ग को ५५ इन्च स्मार्ट टिभी जित्नु भएको छ ।

सो क्याम्पेन असार १ गते देखी २३ गते सम्म चलेको थियो भने यसमा फोनलोन सन्जालका ५ बैंक लक्ष्मी बैंक, कुमारी बैंक, सिटिजन बैंक, नबिल बैंक र मेगा बैंकका फोनलोन का प्रयोगकर्ताहरु सहभागी हुन सक्ने थिए । यस क्याम्पेनमा सहभागी हुनका लागी योग्य फोनलोनका प्रयोगकर्ताले सो अवधि भित्र फोनलोन मार्फत कर्जा लिनु पर्ने थियो ।

विजेता छनौट भने फोनलोनको विनर सेलेक्सन सफ्टवेरु द्वारा गरिएको थियो । यस क्याम्पेन मार्फत फोनलोनले ग्राहकहरु माझ कागज-रहित, धितो-aरहित स्मार्ट लोन सुविधा बारे जानकार गराएको छ ।