२०७८ श्रावण १० , आइतवार

प्रतिबन्धीत औषधी सहित १ जना पक्राउ

Capture

सुनाखरी न्युज/सुनसरी – सुनसरी धरान उपमहानगरपालिका ८ तीनकुने स्थितबाट प्रतिबन्धीत औषधी सहित १ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा धरान १६ का १९ बर्षीय कुमार तामाङ रहेका छन् ।

 

हिजो राती ८ बजे अस्थाई प्रहरी पोष्ट तिनकुने धरानबाट खटिएको प्रहरी टोलीले तामाङलाई प्रतिबन्धीत औषधी Spaspain – १५०० ट्यव्लेट र Tramol-50 -१५०० ट्याव्लेट सहित पक्राउ गरेको हो । पक्राउ परेका तामाङ उपर ईलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।