२०७८ श्रावण १९ , मंगलबार

जनता, बि.पी.र नेपाली कांग्रेस

kiran giri

किरण गिरी –


हिमाल , पहाड , तराई र मधेस अनि समुन्नत र समृद्ध देश ।
मुलुकको प्रमुख लोकतान्त्रिक शक्ति हो नेपाली कांग्रेस ।


एउटा सार्बभौम , अखण्ड र कहिल्यै पराधिन नभएको देश ।
राजा महेन्द्र र माओवादीले छानी छानी सिध्याउदा पनि , नसकिएको नेपाली कांग्रेस ।


इतिहासमा पटक पटक निरंकुशताको जंजिरमा फसेको देश ।
मुलुक , जनता र लोकतन्त्रको पक्षमा सधै सतिसाल झै , उभिएको नेपाली कांग्रेस ।


बहु भाषिक , बहु जातीय र बहु आयामिक परिवेशको देश ।
०७ साल ०४६ साल र ०६२/०६३ आन्दोलनको नेतृत्वकर्ता नेपाली कांग्रेस ।


राणा शासन , पञ्चाय र निरंकुश राजतन्त्र अन्त्य भएको देश ।
सबै खाले आन्दोलन र परिवर्तनको नेतृत्वकर्ता मात्र नेपाली कांग्रेस ।


दस बर्षे जनयुद्ध अन्त्य गरि माओवादी शान्ति प्रक्रियामा
आएको देश ।
माओवादी लाई शान्ति प्रक्रियामा र मुलधारको राजनीतिमा ल्याउने नेपाली कांग्रेस ।


संबिधान सभाको निर्बाचन , हतियार ब्यबस्थापन र शान्ति प्रक्रिया संपन्न भएको देश ।
सबै निर्णायक कदम , दिगो शान्ति र राजनीतिक स्थिरतामा नेतृत्वकर्ता हो नेपाली कांग्रेस ।


महान र अन्तर्राष्ट्रिय रुपमै ख्याती कमाएका राजनीतिक र दार्शनिक नेता बि.पी.कोइरालाको देश
भबिस्य द्रष्टा र लोकतान्त्रिक नेता बि.पी.कोइरालाले नै , प्रादुर्भाव गरेको नेपाली कांग्रेस ।


सुख , शान्ति ,समृद्धि अनि आधुनिक र सम्मुन्नती चाहने देश ।
हिजो देखि आज र भोलि सम्म लोकतन्त्र ,मुलुक अनि जनताको पक्षमा सतिसाल झै उभिरहने नेपाली कांग्रेस ।

लेखक -नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन ।