२०७८ श्रावण १३ , बुधवार

शिवपुरीमा ५५ वर्ष माथिको वृद्ध बृद्धालाई चिनियाँ खोप

5

प्रविण थपलिया/ नुवाकोट – चीनको सिनोफर्म कम्पनीअन्तर्गत बेङजिङ् इन्स्टिट्यूट अफ बायोलोजिकल प्रोडक्ट्सले उत्पादन गरेको चीनबाट उपलब्ध गरिएको कोभिड-१९ विरुद्धको भेरोसेल खोप शिवपुरी गाउँपालिका अन्तर्गतका आठवटै स्वास्थ्य चौकीमा मंगलबार लगाइएको छ।

 

आज लगाइएको भेरोसेल खोप शिवपुरीका ५५ वर्ष माथिको उमेर समुहका 350 जना वृद्ध बृद्धालाई लगाइएको शिवपुरी गाउँपालिकाका स्वास्थ्य प्रमुख उद्धव कार्कीले जानकारी गराउनु भयो । कतिपय स्वास्थ्य चौकीमा खोपको मात्रा कमी भएका कारण खोप लगाउन आएका वृद्ध बृद्धा यसै फर्किनु परेको वृद्ध बृद्धको गुनासो छ।

 

आज खोप लगाउन छुटेका तथा ५० देखि ५४ वर्ष उमेरसमूहलाई लगाउने कोरोना खोप केही दिनमै अर्को चरण लगाउने कार्यक्रम रहेको शिवपुरीका स्वास्थ्य प्रमुख कार्की वताउछन्। भेरोसेल खोप दुई मात्रा लगाउनुपर्ने यो खोपको मात्रा बीच अन्तराल चार हप्ता हुर्ने सुनखानी स्वास्थ्य चौकी ईन्चार्ज बद्रि मैनाली बताउनुभयो ।