२०७८ श्रावण १३ , बुधवार

कलाकार ‘चम्सुरी’लाई लोक गायकको सहयोग

Palpasa-Dangol

सुनाखरी न्युज / काठमाण्डौ -दुवै मृगौलामा गम्भिर समस्या देखिएको कारण टिचिङ अस्पतालमा उपचारत कलाकार पल्पसा डंगोल ‘चम्सुरी’लाई लोक गायक कृष्ण कँडेलले अस्पतालै पुगेर ७० हजार नगद सहयोग गरेका हुन् । कँडेलले कलाकार डंगोलको सहयोगमा अपिल समेत गरेका छन । त्यस्तै राष्ट्रिय संगीतकर्मी संघका महासचिव विक्रमजंग शाहले पनि आफ्नो ब्यक्तिगत तर्फबाट १० हजार सहयोग गरेका छन ।

विगत ५ बर्षदेखि मृगौलामा समस्यासँग जुध्दै आएकी डंगोलको दुबै मृगौला प्रत्यारोपण गर्नु पर्ने चिकित्सकहरुले बताएका छन । टेलिसिरियल ‘मेरी बास्सै’मा चम्सुरीको भूमिका चर्चित रहेको छ ।