२०७८ मंसिर १८ , शनिवार

नेप्सेमा ९.१ अंकको गिरावट

सुनाखरी न्युज / काठमाण्डौ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज मंगलबार नेप्सेमा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से ९.१ अंकले घटेर दुई हजार नौँ सय ८५ दशमलब ५७ विन्दुमा थामिएको छ ।

 

त्यस्तै आज कारोबार रकममा पनि गिरावट आएको छ । आज ७ अर्ब ८९ करोड ७५ लाख बराबरको कारोबार भएको छ । सोमबार ११ अर्ब ८१ करोड ३७ लाख बराबरको कारोबार भएको थियो । नेप्सेका अनुसार आज चार कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । आज नेप्सेमा लक्ष्मी उन्नती कोष र लक्ष्मी इक्युटी फण्डको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने बरुण हाइड्रोपावर र माउन्टेन हाइड्रो नेपालको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।

 

त्यस्तै, आज १२ प्रतिशत आइसीएफसी फाइनान्स डिभेञ्चरको शेयर मूल्यमा गिरावट आएके छ । यसको शेयरमूल्य ६.१७ प्रतिशतले घटेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा अरुण काबेली पावर कम्पनीको कारोबार भएको छ । यस कम्पनीको आज ३८ करोड भन्दा बढीको कारोबार भएको छ ।