२०७८ श्रावण १३ , बुधवार

भी २१ स्मार्टफोन नेपाली बजारमा

Capture

सुनाखरी न्युज / काठमाण्डौ – अन्तर्राष्ट्रिय प्रतिक्षित कम्पनी भिभोले भी २१ स्मार्टफोन आजदेखि नेपाली बजारमा ल्याएको छ । भी २१ भिभो कम्पनीले लामो समयदेखि उत्पादन गर्दै आएको भीसिरिजको अत्याधुनिक स्मार्टफोनमा पर्दछ । यसको क्षमता उच्चस्तरीय हुनका साथै ग्राहकको अभिरुचि अनुसारको सुपथ मूल्य निर्धारण गरिएको छ ।

 

नयाँ उत्पादित भी २१ मा आकर्षक अप्टिकल इमेज स्टेबलाइजेसन(ओ.आई.एस)भएकोफ्रन्ट क्यामेरा जडान गरिएकोछ । यो स्लीक र स्लीम छ । भी २१ मा नयाँ अनुभव प्रदान गर्ने गरी आधुनिक प्रविधि समावेश गरिएको छ । भी २१ मा ४४ एम.पीओ.आई.एस नाइट सेल्फी प्रणालीको फ्रन्ट क्यामेरा राखिएकोछ । यसले आकर्षक फोटो उत्पादनगर्दछ । ४४ एम.पीओ.आई.एसले कमप्रकाशमा राम्रो फोटोनिकाल्न सक्दछ । यसबाट प्रयोगकर्ताले राम्रो सन्तुष्टि लिन सक्नेछन् भने ६४ एम.पीओ.आई.एसनाइट क्यामेराले उच्चस्तरको फोटोग्राफीको अनुभवप्रदानगर्दछ । ओ.आई.एसले अल्ट्रास्टेबल भिडियो आदितयार गर्न पनि मद्दत गर्दछ । अर्काेतर्फ अतिरिक्त विशेषता भएको वाइड एंगलफोटोग्राफी र म्याक्रो फोटोग्राफीलिन सकिन्छ । मौलिक विशेषता भएको भी २१ ले पावर कनेक्टिभिटी र स्पीडले आधुनिक उच्च प्रविधिसंग परिचित र अतिरिक्तक्षमताखोज्ने ग्राहकहरुलाई समेत सन्तोष प्रदानगर्दछ । यसको विशेष प्राविधिक क्षमताले गर्दा ग्राहकहरुले वरिपरिको वातावरण र घटनालाई आफ्नो स्मार्टफोनमा क्याप्चर गर्न सक्छन् ।

 

भी २१ को बजार प्रवेशका साथै प्रसिद्ध अभिनेताप्रदीप खड्कालाई ब्राण्ड एम्बेस्डरको रुपमाअनुबन्धितगरिएकोछ र भी २१ को बजार प्रवद्र्धनमाउनको दृश्यहरु महत्वपूर्णरुपमा समावेश गरिएकोछ । उहाँको अभिनयकुशलताले युवा पुस्तामा विशेष प्रभावपार्नुका साथै भिभो ब्राण्डप्रति उनीहरुको आकर्षण बढ्दै जाने र स्थानीयउपभोक्ताहरुले पनि भिभो प्रति आत्मीयता देखाउने विश्वास गरिन्छ । बिक्रीको शुभारम्भको अवसरमाआयोजित समारोहमाबोल्नु हुँदै भिभो नेपालकाप्रमुखकार्यकारी अधिकृत मार्सले आफ्नाग्राहकहरुको चाहना पूरा गर्ने गरी भी २१ नयाँ उत्पादन बजारमा ल्याएको बताउनु भयो । अप्टिकल इमेज स्टेबलाइजेसनको सहयोगमा उद्योगले अग्रणी भूमिका खेल्नुका साथै स्मार्टफोन फ्रन्ट क्यामेराकोे भविष्यमा क्षेत्र बिस्तार गर्दे जानेछ । यसको मौलिकफिचर डिजाइन र अतुलनीयक्षमताले जीवनपद्धतिमा प्रभाव पार्नेछ ।

 

भिभो नेपालको ब्राण्ड मैनेजर पेङ्ग दा ले समारोहलाई सम्बोधनगर्दे भन्नुभयो,“भीसिरिज उत्कृष्ट र मूल्यवानहुनुका साथै नाइट सेल्फिक्यामेराले राम्रो परिणाम दिने भएकोले हामी त्यसमा गौरव गर्दछांै र प्रसिद्ध अभिनेताप्रदीप खड्कासंग सहकार्य गर्न पाएकोमा प्रसन्नताव्यक्तगर्दछांै । बजार रणनीतिमा स्थानीय प्रतिष्ठित व्यवसायीसंग मिलेर कामगर्दा राम्रो परिणाम आउने विश्वास लिएका छांै ।”उत्कृष्ट नाइटभिजन सहितको फ्रन्ट क्यामेराले अप्टिकल इमेज स्टेबलाइजेसनको विशेषता राख्दछन् । भी २१ माआफ््नै मौलिकता सहितको ४४ एम.पीक्यामेरा ओ.आई.एसर इ.आई.एस(इलेक्ट्रिोनीक इमेज स्टेबलाइजेसन) समेत संलग्नगरिएकोले जहिले र जहाँपनि अल्ट्रास्टेबल सटले राम्रो र उत्कृष्टस्तरको फोटो र भिडियो खिच्न सक्दछ । उत्कृष्ट हार्डवेयर र सफ्टवेयरकाकारण जुनसुकै अवस्थामापनि उच्चगुणस्तरको भिडियो खिच्न सक्दछ ।

 

यसले नाइटसट, एक्सन सट र ४ के भिडियो क्याप्चर गर्दछ । यदिकुनै अवस्थामा पर्याप्त प्रकाश छैन भने पनि ४४ एम.पीओ.आई.एस सुपर नाइट सेल्फीको मद्दतले राम्रो दृश्यनिकाल्न सकिन्छ । फोटोमानोइज नियन्त्रण गर्नका साथै सफा र उज्यालो फोटोउत्पादनगर्ने यसको विशेषताहो । ए.आई. नाइट अल्गोरिदमले पृष्टभूमिलाई पर्याप्तप्रकाशदिनुका साथै अनावश्यकफोटोकोनोइज नियन्त्रण गर्दछ । कमप्रकाशमापनिक्यामेराको क्षमताबिस्तार गरी उत्कृष्ट फोटो खिच्न सक्ने प्रविधिभी २१ म समावेश गरिएकोछ । यसो गर्नमाओएलइडी जस्तो प्रविधिजोडिएको छ । यसले फोटो र रेकर्डिङ्गमा राम्रो परिणाम ल्याउँछ ।

 

भी २१ मविभिन्नविशेषता रहेकाछन् र दोहोरो दृश्य भिडियो खिच्न सक्दछ । जसमा आर्ट फोटोहरु समावेश गर्न सकिन्छ । यस्ता फोटो सहजै खिच्न सक्ने क्षमताभी २१ मा छ । यो ७.२९ एमएम अल्ट्रा स्लीम डिजाइनमा प्राप्तहुनुका साथै सोफेष्टिकेसनको सन्देश दिन्छ । भी २१ ले ग्राहकको इच्छा पूरा गर्ने ७.२९ एमएम स्लीम र सोफेस्टिकेटेड भएकोले यसको माग बढ्दै जाने छ । भी २१ आधुनिकप्रविधिको उत्कृष्ट नमूनाको रुपमाबजारमाआएकोछ । यो स्मार्ट फोन एम.टि.केडाइमेन्सिटी ८०० युप्रोसेसर मा चल्दछ भनेयसमा ९० हर्जकोडिस्प्लेरिफ्रेस रेट रहेकोछ ।भी २१मा३३ वाटको फ्ल्यास चार्जउपलब्धछ । भी २१ नेपालमा जुलाई २०, २०२१बाटरु ४९,९९९ मा उपलब्ध हुनेछ ।

 

भिभोको बारेमा
भिभो त्यस्तो प्रविधिमाआधारित कम्पनीहो जसले ग्राहकलाई शक्तिशाली र राम्रो ह्याण्डसेट उपलब्ध गराउँछ । यसले ग्राहकको आधुनिकजीवन पद्धतिमा थप सुधार ल्याउँछ । यसले मोबाइल र डिजिटल जीवनलाई सहज बनाउँछ । भिभोले दिगो विकास रणनीतिलाई प्रयोग गर्दै आफ्नाउत्पादनबलियो र लामो समय टिक्ने बनाएर अन्तर्राष्ट्रियस्तरको कर्पाेरेशनबनेको छ । स्थानीययुवाको प्रतिभालाई उपयोग गर्न भिभोले १० ठाउँमा अनुसन्धान र विकास केन्द्र खोलेर तालिम र कामदिएको छ ।

 

त्यस्ता केन्द्र सेन्जेन, नानजिङ, बेइजिङ, डोङ्गग्वान, हाङ्गझोउ, सांघाई, सि यान, ताइपेइ, टोकियो र सान डिएगोमाखोलिएका छन् । उपभोक्तालाई मनपर्दाे प्रविधि साथै आर्टिफिसियल इन्टेलिजेन्समा ५ जीक्षमताप्रयोग भएको छ । भिभोका ५ वटा उत्पादन केन्द्रले कामगरिरहेका छन् । तीचिनका साथै दक्षिण एसियामापनि छन् । भिभोको वार्षिक उत्पादनक्षमता २ सय मिलियन छ भने ५० भन्दा बढी मुलुकमाशाखा सञ्जाल रहेकाछन् । अहिले विश्वभर ४ सयमिलियनग्राहकहरुले भिभोको उत्पादनप्रयोग गरिरहेकाछन् ।