२०७८ श्रावण १० , आइतवार

अश्लिल फिल्म बनाएको आरोपमा शिप्पा शेट्टीका श्रीमान् जेल जाने

freepressjournal_2020-11_c14717c2-187c-43e6-b694-2484fa96f11c_c_shilpa_raj_nov_1

सुनाखरी न्युज /

मुम्बई– कुन्द्राविरुद्ध यही वर्ष फेब्रुअरीमा पार्नोग्राफिक कन्टेन्ट बनाएको र त्यसलाई एपको माध्यमबाट प्रसारित गरेको आरोपमा मुद्दा दर्ता गरिएको थियो ।बलिउड नायिका शिल्पा शेट्टीका श्रीमान् तथा चर्चित व्यापारी राज कुन्द्रालाई मुम्बईको क्राइम ब्रान्चले सोमबार अबेर राती पक्राउ गरेको छ ।यस प्रकारको मुद्दाका प्रायू आरोपीविरुद्ध आइटी एक्ट र आईपीसीको धाराहरुमा दर्ता गरिन्छ ।

यदि अदालतले आरोपीलाई दोषी ठहराएमा लामो समयसम्म जेल सजाय हुन सक्छ । पोर्नोग्राफी र पोर्नोग्राफिक कन्टेन्टका बारेमा भारतको कानून धेरै कडा छ ।यसप्रकारको मुद्दा आइटी एक्टसंगै भारतीय दण्ड संहिता आरोपी विरुद्ध लेखिन्छ ।यसअघि कुन्द्रालाई बिहान सवा चारमा जेजे अस्पतालबाट मुम्बई कमिश्नर प्रहरीको अफिस पुर्याइएको थियो ।

उनलाई बिहान ४ बजे अपराध शाखाले मुम्बईको जेजे अस्पतालमा मेडिकल परीक्षणका लागि लगिएको थियो ।यो मामिलामा अब कुन्द्रासमेत ११ जना पक्राउ परिसकेका छन् ।इन्टरनेटको चलन र आधुनिक प्रविधिको विकसित भए पछि आइटी एक्टमा संशोधन गरिएको थियो, जसले आजको समयमा यस प्रकारको मुद्दामा दोषी ठहरिएकालाई कडा सजाय दिन सकियोस् ।