२०७८ श्रावण २१ , बिहिवार

आज पनि एमालेको केन्द्रीय कमिटी बैठक बस्दै

5

सुनाखरी न्युज/ काठमाडौं – आज पनि प्रमुख प्रतिपक्षी दल एमालेको केन्द्रीय कमिटी बैठक बस्नेभएको छ । उक्त बैठक दिउँसो ३ बजेको लागि तुल्सीलाल स्मृति भवन च्यासलमा बोलाइएको छ ।

 

उक्त बैठकले हिजो स्पष्टीकरण सोधेका पार्टीका वरिष्ठ नेता माधव नेपालसहित २२ जना सांसदलाई कारबाही गर्ने एक स्रोतले जनाएको छ । केन्द्रीय सदस्य एवं पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले भन्नुभयो स्पष्टीकरण पत्र सबैलाई पुगिनसकेकाले आजको बैठकमा संगठन र विधान अधिवेशनका विषयमा छलफल केन्द्रीत हुनसक्छ ।

 

माधव नेपाल समूहले भने स्पष्टीकरण माग्नु सर्वोच्च अदालतको फैसला विपरित रहेको भन्दै जवाफ नदिने निश्कर्ष निकालेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवालाई माधव नेपालसहित २२ जना सांसदले विश्वासको मत दिएपछि हिजो बसेको केन्द्रीय कमिटीको बैठकले २४ घण्टे स्पष्टीकरण माग गरेको थियो ।