२०७८ श्रावण १९ , मंगलबार

प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीबीच फोनवार्ता, खोप चाँडै उपलब्ध हुने विश्वास

modi-and-deuba

सुनाखरी न्युज/ काठमाडौँ —

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच फोनवार्ता भएको छ । भारतीय प्रधानमन्त्री मोदीले फोनवार्तामा  प्रधानमन्त्री देउवालाई बधाई दिँदै दुई मुलुकबीचको आपसी हित र समझदारीमा कुरा भएको परराष्ट्र मन्त्रालयले ट्वीटमार्फत जानकारी दिएको छ ।

फोनवार्तामा भारत र नेपालबीच कोरोनाविरुद्धको लडाईंमा पनि सहकार्य गर्ने विषयमा कुरा भएको मोदीले आफ्नो ट्वीटमा भनेका छन् । नेपालको परराष्ट्र मन्त्रालयले भने फोनवार्तामा मोदीले नेपाललाई कोरोनाविरुद्धक खोप समेत चाँडै उपलब्ध गराउने विश्वास दिलाएको छ ।