२०७८ श्रावण १९ , मंगलबार

शरीरमा रोग प्रतिरोधी क्षमता बढाउने उपायहरु

immune2

सुनाखरी न्युज / कोरोना रोगबाट बच्न भौतिक दूरी कायम राख्नुपर्छ । शारीरिक सरसफाईमा ध्यान दिनुपर्छ । पोषिलो र सन्तुलित खानपान गर्नुपर्छ । शरीरमा रोगसँग लड्ने क्षमता बढाउनुपर्छ ।

स्वस्थ जीवनशैली अपनाउनु नै एक बलियो प्रतिरक्षा प्रणालीको लागि सबैभन्दा राम्रो विकल्प हो । जीवनमा तनाव कमभन्दा कम होस् । पर्याप्त निद्रा लिइयोस् । निद्रा र रोग प्रतिरोधक क्षमतावीच गहिरो सम्बन्ध छ । कम वा खराब गुणवत्ता निद्रा, कोराना वा अर्को रोगको कारण बन्न सक्छ ।

एक अध्ययन अनुसार जुन मान्छे हरेक रात ६ घण्टाभन्दा कम सुत्छन्, तुलनात्मक रुपमा उनीहरुलाई चाडै रोगले समात्छ ।

पर्याप्त र गहिरो निद्रा । सन्तुलित र पोषणयुक्त खानपान । सक्रिय दिनचर्या । नियमित व्यायाम । सकारात्मक चिन्तन।

1 -टर्रो फल र सागसब्जी भिटामिन सिले भरपुर हुन्छ । यस्ता खानेकुराको सेवनले शरीरमा सेतो रक्त कोष बढाउन सहयोग गर्छ, जुन     संक्रामक रोगबाट बचाउन जरुरी हुन्छ । यो एक पोषक तत्व हो, जसले हाम्रो प्रतिरक्षा प्रणाली र मेटाबोलिज्मका लागि खास काम गर्छ ।     जिंकको आवश्यक्ता पुरा गर्न काजु, फर्सीको बियाँ जस्ता खानेकुरा जरुरी हुन्छ ।

2- उमेर बढ्दै जाँदा शारीरिक गतिबिधि सुस्त हुँदै जान्छ । यसको अर्थ यो होइन कि, हामी पूर्णत निस्क्रिय हुन्छौं । नियमित शारीरिक     गतिविधिले प्रतिरक्षा प्रणाली बलियो बनाउँछ । यसले हाम्रो शरीरलाई संक्रामक रोगबाट बचाउँछ । त्यसैले शरीरलाई सक्रिय राख्नका लागि   नियमित व्यायाम गर्नैपर्छ । व्यायामलाई आफ्नो दैनिकीको एक हिस्सा बनाउनुपर्छ ।

3 -उच्च प्रतिरक्षा प्रणालीका लागि पानीको सेवन अत्यावश्यक छ । खासगरी गर्मी महिनामा पर्याप्त पानी वा झोलयुक्त खानेकुरा जरुरी       हुन्छ । स्वस्थ व्यक्तीका लागि दैनिक आठ गिलास पानी चाहिन्छ । त्यसबाहेक झोलयुक्त खानेकुरा खानुपर्छ ।

4 -तनाव कुनैपनि समस्याको समाधान होइन । तनावले आफैलाई दुःख दिने हो । हुन त घर व्यवहारको कारण, दैनिक कामकाजको कारण     हामीमा कुनै न कुनै किसिमको तनाव पैदा हुनसक्छ । तनाव पूर्णत हटाउन सकिदैन पनि । तनावलाई व्यवस्थापन भने गर्न सकिन्छ ।