२०७८ श्रावण २१ , बिहिवार

सिरहामा २५ वर्षीय महिलाको शङ्कास्पद मृत्यु

die

सुनाखरी न्युज /

सिरहाको गोल बजारमा २५ वर्षीय महिलाको शङ्कास्पद मृत्यु भएको छ । घरमा श्रीमतीको मृत्यु भएपछि रामकृष्ण घटनाबारे जानकारी गराउन ससुराल पुगेका थिए । उनले प्रहरीलाई खबर गरेको बताइएको छ । छरछिमेकले पनि घटनाबारे धेरैबेर पछिमात्र थाहा पाएका थिए ।

अघिल्लो दिन मोबाइलको विषयमा श्रीमान श्रीमतीबीच झगडा परेको रामकृष्णले बताएका छन्। अघिल्लो दिन झगडा हुनु र भोलिपल्टै मृत्यु हुनुले घटना शंङ्कास्पद देखिएको हो । घरमै पासो लगाएर मृत भेटिएकी श्रीमतीको पासो खोलेर उनी ससुराल गएको बताइएको छ । इलाका प्रहरी कार्यालय गोलबजारले भने घटनाबारे पोष्टमार्टम रिपोर्ट पछिमात्र केही भन्न सकिने बताएको छ ।