२०७८ श्रावण १० , आइतवार

प्रधानमन्त्री देउवालाई पाकिस्तानका समकक्षीको बधाई

Sher-Bahadur-Deuba-and-Imran-Khan

सुनाखरी न्युज/ काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवालाई पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बधाई दिनुभएको छ ।ट्वीटरमार्फत बधाई दिँदै उहाँले आफूले नेपालसँगको सौहार्दपूर्ण सम्बन्धलाई थप सुदृढ गर्न चाहेको बताउनुभएको छ । देउवाले प्रतिनिधि सभाबाट विश्वासको मत पाएपछि खानले बधाई दिनुभएको हो ।

 

उहाँले चासोका विषयहरुमा नेपालसँग नजिक रहेर मिलेर काम गर्न चाहेको पनि उल्लेख गर्नुभएको छ । यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि देउवालाई ट्वीटरमार्फत बधाई दिनुभएको थियो ।