२०७८ श्रावण १० , आइतवार

हत्यामा संलग्न पक्राउ

Capture

सुनाखरी न्युज/ संखुवासभा – भोजपुरको साल्पासिलिचो गाउँपालिका- ४ घर भई बिगत ३ बर्षदेखि तुम्लिङटार आसपास एरियामा बसोबास गर्ने २५ बर्षीय युवराज राई हत्याको आरोपमा पक्राउ परेका छन् ।

असार ३० गते खाँदवारी नगरपालिका-९ का ४७ बर्षीय लक्ष्मण कुमाल आफ्नै घरमा मृत फेला परे संगै निजको सम्बन्धमा अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय संखुवासभाको प्रहरी टोलीले राईलाई पक्राउ गरेको हो ।

घटनास्थलको प्रकृति हेर्दा हत्या भएको अनुमान गरी अनुसन्धान थालेको प्रहरी टोलीले मृतककै मित छोरा नाता पर्ने युवराज राईलाई पक्राउ गरी सोधपुछ गर्ने क्रममा निजले घटनामा आफ्नो संग्लग्नता रहेको स्विकार गरेको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ