२०७८ श्रावण १३ , बुधवार

चोरीको मोटरसाईकल सहित १ जना पक्राउ

Capture

सुनाखरी न्युज/ सुनसरी – सुनसरीको बर्जुगाँपालिका-२ बाट चोरीको मोटरसाईकल सहित चोरीमा संग्लग्न १ जना पक्राउ परेका छन् ।

आईतवार अपरान्ह पौने ६ बजे बर्जु गाँउपालिका-३ नहर चोक हटियालाईनबाट को ४ प ४६४८ नम्बरको मोटरसाईकल हराएको भनी खबर प्राप्त भएसंगै तत्काल खोजतलासमा खटिएको ईलाका प्रहरी कार्यालय सितागंजको टोलीले चोरी भएको मोटरसाईकल सहित चोरीमा संग्लग्न देवानगंज-५ का ४० बर्षीय बिरेन्द्र रामलाई पक्राउ गरेको हो ।

घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।