२०७८ श्रावण १९ , मंगलबार

हौसिए लगानीकर्ता, नेप्से हालसम्मकै सर्वाधिक उचाइमा

stock-market-up

सुनाखरी न्युज/ काठमाडौं – शेयर बजारको परिसूुक नेप्से हाल सम्मकै उच्च अंकमा पुगेको छ । सोमबार कारोबार खुलेको केही वेरमा नै नप्से परिसूचक ३०३० अंक भन्दा माथि पुगेर अल टाइम हाइ रेकर्ड कायम गरेको छ । यसअघि नेप्से ३०२५ अंक सम्म पुगेको थियो ।

लगानीकर्ताहरु हौसिएका कराण बजारले उचाई लिएको हो । नयाँ सरकार गठन भएसँगै नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले आफूले शेयर बजारको पक्षमा कामगर्ने प्रतिवद्धता जनाएका थिए ।