२०७८ कार्तिक २ , मंगलबार

सुनको मूल्य बढ्दा चाँदीको घट्यो

सुनाखरी न्युज/ काठमाडौं – सोमबार सुनको मूल्य बढेको छ भने चाँदीको भने घटेको छ । सुन प्रतितोला २ सय रुपियाँ बढ्दा चाँदी प्रतितोला ५ रुपियाँ घटेको हो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ८ सय रुपियाँ, तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ३ सय रुपियाँ र चाँदी प्रतिको मूल्य प्रतितोला १ हजार २ सय ९० रुपियाँ निर्धारण गरिएको छ ।

 

हिजो भने छापावाल सुन प्रतितोला ९२ हजार ६ सय रुपियाँ, तेजाबी सुन प्रतितोला ९२ हजार १ सय रुपियाँ र चाँदी प्रति प्रतितोला १ हजार २ सय ९५ रुपियाँमा कारोबार भएको थियो ।