२०७८ श्रावण ११ , सोमवार

एनएमबि संगको सहकार्यमा महाबचत बजार अभियानको तयारी पुरा गर्दै दराज -म्याक बुक प्रो १३ जित्ने मौका

Capture

सुनाखरी न्युज/ काठमाडौं – नेपालको अग्रणी अनलाइन बजार, दराजले श्रावन ३ देखि दराज र एनएमबि बैंक बीच समझदारी गरी महाबचत बजार सुरु हुने घोषणा गरेको छ। यस अभियानको मुख्य उदेश्य ग्राहकहरुका लागि बचत साथै अनलाइन प्री-पेमेन्ट प्रबर्धन गर्नु हो ।

 

अभियानको मुख्य हाइलाइटहरू भने रु ४,००० सम्मको छुट, एनएमबि बैंकको डेबिट र क्रेडिट कार्ड मार्फत अनलाइन प्री पेमेन्टमा रु २,००० सम्मको छुट, बम्पर उपहारमा म्याक बुक प्रो १३ जित्ने मौका , नि शुल्क डेलिभारी , नि शुल्क भाउचर साथै थुप्रै अरु पुरस्कार जित्ने मौका रहेको छ। यस अभियानको लागि एनएमबि बैंकका कार्ड प्रयोगकर्ताहरूले प्री-पेमेन्टमा आकर्षक छुटको मजा लिन सक्नेछन्।

एनएमबि बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरूले १५ % रु १,५०० सम्मको छुट पाउनेछन् भने क्रेडिट कार्ड प्रयोगकर्ताहरूले कार्ड प्री(पेमेन्टमा २०% रु २००० सम्म छुट पाउनेछन। एनएमबि बैंकले हाल देशभरी १८१ शाखा, १३७ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।