२०७८ श्रावण १० , आइतवार

सामाजिक संजालमा लेख्दै डा.लोहनीले भने राप्रपामा भावी नेतृत्वबारे छलफल गर्न डराउनु पर्दैन

prakash lohani

सुनाखरी न्युज/ काठमाडौं – राप्रपाका अध्यक्ष प्रकाशचन्द्र लोहनीले राप्रपामा भावी नेतृत्वबारे खुला छलफल गर्न हामी कोहि पनि हिचकिचाउनु या डराउन नपर्ने बताएका छन् ।

 

सामाजिक संजालमा लेख्दै अध्यक्ष डा. लोहनीले पार्टीको आधारभूत मान्यता र एजेन्डाको परिधिभित्र रहेर कसैप्रति व्यक्तिगत लान्छना या अपशब्द प्रयोग नगरी पार्टीको कार्यक्रम र भावी नेतृत्वबारे खुला छलफल गर्न हामी कोहि पनि हिचकिचाउन या डराउन नपर्ने बताएका हुन् ।