२०७८ श्रावण १० , आइतवार

संवैधानिक परिषद् सम्बन्धी अध्यादेश खारेज (निर्णय सहित)

Bidhya Bhandari

सुनाखरी न्युज/ काठमाडौं— राष्ट्रपति विद्यादेवी भण्डारीले  नेपाल सरकारको सिफारिसमासंवैधानिक परिषद् सम्बन्धी अध्यादेश खारेज गरेकी छन् ।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आइतबार प्राप्त पत्र अनुसार नेपाल सरकार, मन्त्रिपरिषद्को साउन २ गतेको निर्णय एवं सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम संवैधानिक परिषद् सम्बन्धी (पहिलो संशोधन)  अध्यादेश, २०७८ खारेज गरेको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमार्फत जनाइएको छ ।