२०७८ श्रावण २१ , बिहिवार

आज ६०० रुपैयाँले घटेर सुनको कारोबार हुँदै 

सुनाखरी न्युज /काठमाडौं

आज सुन गत शुक्रबारको तुलनामा प्रतितोला ६०० रुपैयाँले घटेर ९२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार
गत शुक्रबार बजारमा सुन प्रतितोला ९३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।तर आज सुनको मूल्य ६०० रुपैयाँले घटेको छ ।

महासंघका अनुसार आज तेजाबी सुनको मूल्य समेत प्रतितोला ६०० रुपैयाँले नै घटेर ९२ हजार १०० रुपैयाँ कायम भएको छ । यता चाँदीको मूल्य भने गत शुक्रबारको तुलनामा आज प्रतितोला २५ रुपैयाँले घटेर एक हजार २९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।