२०७८ श्रावण ११ , सोमवार

राष्ट्रपतिले राजिनामा दिनु उत्तम कांग्रेस केन्द्रीय सदस्य : गिरी

132652312_211813007161819_9042126219789351686_n

सुनाखरी न्युज/ काठमाडौं  – नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरण गिरीले हिजो आफुले संसद र संबिधान को बारम्बार गरेको हत्या प्रयासको कामलाई सर्बोच्चले असंवैधानिक ठहर गरिसके पछि क्रुद्ध भएकि रास्ट्रपति भण्डारी ले अब राजिनामा दिएर बस्नु राम्रो हुन्छ  भन्नुहुदै लज्जाबोध कुण्ठित एबं आग्रह र पुर्बाग्रह राखेर आत्माग्लानीका साथ शिथिल निवासमा बस्ने नैतिक अधिकार रास्ट्रपतिमा छैन भन्नुभएको छ ।

 

समसामयिक राजनीति र कांग्रेसको १४ महाधिवेशनका बारेमा एक रेडियो अन्तरबार्ता मा बोल्नुहुदै केन्द्रीय सदस्य गिरी ले -शितल निवास अनेमसंघको कार्यालय होइन भन्ने हेक्का राख्नु जरुरी देखियो ,नेपालको संविधानको धारा १५७ मा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले महान्यायाधिवक्ता नियुक्त गर्ने व्यवस्था छ । हालसम्म नियुक्त महान्यायाधिवक्ताहरुले राष्ट्रपति कार्यालय, शीतल निवासमा राष्ट्रपतिको उपस्थितिमा प्रधानन्यायाधीशबाट शपथ ग्रहण गर्ने परम्परा थियो । तर हालै, सर्वोच्च अदालतले संसद पुनर्स्थापना सम्बन्धी मुद्दाको फैसलामा राष्ट्रपति विरुद्ध असम्वैधानिक कार्य गरेको गम्भीर अभियोग लगाएपछि रुष्ट बनेकी राष्ट्रपति विधादेवी भण्डारीले प्रधान न्यायधीसले सपथ खुवाउने पदको सपथग्रहण समारोहमा आफू उपस्थित नहुने खबर पठाइदिइन त्यो अत्यन्तै दु:खद र दुर्भाग्यपूर्ण हो भन्नुभएको छ ।

 

कांग्रेस केन्द्रीय सदस्य किरण गिरी भन्नुहुन्छ -”
रिसको सिमा हुँदैन रहेछ ! नेपालीमा एउटा भनाई छ, रिस खा आफु बुद्दी खा अरु । रिस आफैंमा एक खराब कुरा हो, रिसले आयू घटाउँछ भन्छन् ! त्यहि रिसका कारण नवनियुक्त प्रधानमंत्री शेरबहादुर देउवासँग सपथग्रहण समारोहमा एक शव्द नबोली ढाड फर्काएर हिडेकी रहिछ्न भन्ने अनुमान अहिले पुष्टि हुन पुगेको छ । रिसकै कारण उनले त्यस्तो व्यबहार देखाएकी रहिछ्न भन्ने अनुमान गर्न अब गार्हो भएन । यो व्यबहार एउटा महिला संगठनको अध्यक्ष लाइ त सुहादैन भने रास्ट्रपतिलाइ सुहाउने कुरै होइन ।

 

रेडियो अन्तरबार्ता कै क्रममा कांग्रेस केन्द्रीय सदस्य किरण गिरीले भन्नुभएको छ -”
राष्ट्रपति कार्यालयले अस्वीकार गरेपछि नवनियुक्त महान्यायाधिवक्ता खम्मबहादुर खातीको शपथग्रहण समारोह ईतिहासमै पहिलो पटक सर्वोच्च अदालतमा सम्पन्न भएको छ । खम्मबहादुर खातीजीलाई बधाई तथा शुभकामना र रास्ट्रपति लाई हार्दिक अनुरोध अब राजीनामा दिएर पुर्ब रास्ट्रप्रमुखको सुबिधा लिएर बस्दा बाकी जिबन तनाव रहित हुने थियो । दुबिधामा बसेर सुबिधा लिनु भन्दा राजीनामा दिएर पुर्ब रास्ट्रप्रमुखको सुबिधा लिएर बस्दा राम्रो होला ” ।

 

पार्टी को महाधिवेशन सम्बन्धमा उहाले नेपाली कांग्रेसको १४ महाधिवेशन , सबै नेताहरु लाई आदरभाव र सम्मान , शेर बहादुर देउवा लाई मतदान : भन्ने नारा अगाडि सार्नु भएको छ ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरण गिरीले नेपाली कांग्रेसको आगामी १४ महाधिवेशनमा नेपाली कांग्रेस निर्माणका लागि त्याग र योगदान दिनुहुने सबै शिर्ष नेताहरुलाइ उच्च आदर भाब एबं सम्मान व्यक्त गर्दै केन्द्रीय सभापति पदमा आफुहरुले सभापति शेर बहादुर देउवा लाई नै मतदान गर्ने निर्णय गरेको कुरा बताउनु भएको छ ।

 

संघर्ष र आन्दोलन बाट स्थापित नेतृत्व शेर बहादुर देउवाको नेतृत्व नेपाली कांग्रेस लाइ अझै पाँच बर्ष अर्थात एक कार्यकाल आबश्यक परेको बताउदै कांग्रेस केन्द्रीय सदस्य गिरीले देउवाको सालिन र गतिशील नेतृत्व पार्टी र मुलुक लाइ आबश्यक रहेको धारणा व्यक्त गर्नु भएको छ ।