२०७८ श्रावण १० , आइतवार

जसपाका आधा दर्जन सांसद ठाकुर समूह छाडेर यादव सस्हको बैठकमा सहभागी

Upendra-Yadav

सुनाखरी न्युज/ काठमाडौं  ।

जनता समाजवादी पार्टी ९जसपा०का चार सांसदले कित्ता परिर्वतन गरेका छन् । अध्यक्ष महन्थ ठाकुर पक्षमा रहेका चार सांसद, प्रतिनिधिसभा पुनर्स्थापनासँगै अर्का अध्यक्ष उपेन्द्र यादव पक्षमा लागेका हुन् ।

ठाकुर पक्षका नेताहरुका अनुसार चारै जना शुक्रबार पार्टी कार्यालयमा भएको छलफलमा अनुपस्थित थिए । पार्टी कार्यालय, बालकुमारीमा शनिबार बसेको संसदीय दलको बैठकमा सांसदहरु प्रमोद साह, अमृता अग्रहरी, रानी मण्डल र नरमाया ढकाल सहभागी भएका हुन् ।

 

यससँगै ३२ सदस्यीय संसदीय दलमा दुबै पक्षको १६-१६ भएको छ । तर ठाकुर पक्षमा रहेका थप केही सांसद आउने यादव पक्षका एक नेताको दाबी छ ।