२०७८ श्रावण १९ , मंगलबार

वनदेवी सामुदायिक बन उपभोक्ता समिति बन बिकासको लागि उत्कृष्ट

प्रदिप न्यौपाने/ सुनवल – सुनवल नगरपालिका वडा नम्बर ३ मा अबस्थित वनदेवी सामुदायिक बन उपभोक्ता समिति सम्मानित भएको छ।

 

डिभिजन बन कार्यालयको पश्चिम् नवलपरासीको २०७८/०३/२९ गते बसेको मुल्यांकन समितिको बैठकले निर्णय अनुसार त्यस बन उपभोक्त आःव २०७७/२०७८” मा सामुदायिक बनको संरक्षण बिकास तथा ब्यवस्थापनमा उत्कृष्ट कार्य गरेको भन्दै वनदेवी सामुदायिक बन उपभोक्ता समिति का अध्यक्ष जय बहादुर पुन लगायतका टिमलाई नगद १०००० ( दस हजार ) सहित प्रसंशा पत्र प्रधान गरि सम्मान गरिएको थियो ।