२०७८ श्रावण २१ , बिहिवार

सशस्त्रका १५ डीएसपी एसपीमा बढुवा सिफारिस (सूचीसहित)

सुनाखरी न्युज/ काठमाडौं – सशस्त्र प्रहरीका १५ डीएसपी एसपीमा बढुवा सिफारिस भएका छन् । बढुवा समितिको बिहीबारको बैठकले सिफारिस गरेको सूची सशस्त्र प्रहरीले सार्वजनिक गरेको हो ।

 

डीएसपीहरू राजेन्द्र अधिकारी, ज्ञानप्रसाद भुर्तेल, गोपी चन्द, अम्मरबहादुर ऐर, लेखानाथ खनाल, जीवनबहादुर केसी, चेतसिंह थापा बढुवाका लागि सिफारिस भएका छन् । यस्तै अच्युतकुमार मजगैया, त्रिभुवन विष्ट, सुनिल केशरी, राजेन्द्रकुमार श्रेष्ठ, मनहरी कुइकेल, सुशिल सुवेदी, विमल डाँगी र धनबहादुर सिंह बढुवाका लागि क्रमशः सिफारिस भएका छन् । सिफारिसमा परेका विरुद्ध ७ दिनभित्रमा उजुरी गर्ने समय दिइएको छ ।