२०७८ श्रावण ११ , सोमवार

अन्तर प्रदेश सञ्चालन हुने सार्वजनिक यातायातको नयाँ भाडादर यस्तो छ

bus

सुनाखरी न्युज/ काठमाडौं – यातायात व्यवस्था विभागले अन्तप्रदेश सञ्चालन हुने सार्वजनिक यातायातको भाडादर सार्वजनिक गरेको छ । सरकारले वृद्धि गरेको लामो दूरीमा चल्ने सार्वजनिक यातायातको भाडादर सार्वजनिक गरेको हो ।

 

विभागका अनुसार पेट्रोलियम पदार्थ र गाडीका पार्टपूर्जाको मूल्यवृद्धिलाई आधार बनाएर सरकारले लामो दूरीमा चल्ने सार्वजनिक यातायातको भाडा वृद्धि गरेकोे हो । यात्रुवाहक सवारीमा २८ प्रतिशत भाडा वृद्धि गरेको छ भने पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २६ प्रतिशत वृद्धि गरिएका विभागले जनाएको छ ।