२०७८ श्रावण ११ , सोमवार

राप्रपा नुवाकोटद्वारा विपत व्यवस्थापन समाज स्थापना

Capture

सुनाखरी न्युज/ नुवाकोट – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीको पहलमा समाजमा अकस्मात आइपर्ने प्राकृतिक प्रकोप, रोगको महामारी एवं अन्य प्रकारका बिपतहरुबाट पीडित व्यक्ति एवं समुहलाई तत्काल उद्दार गरि मानवीय कार्यमा सहयोग पुर्याउने उद्देश्यले बिपत व्यवस्थापन समाज नुवाकोट स्थापना गरिएको छ ।

 

डा. लोहनी को प्रमुख संरक्षकत्वमा स्थापित समाजमा नुवाकोटमा सक्रिय ३१ जना समाजसेवी सल्लाहकार रहनु भएको छ । कृष्णप्रसार पाण्डेको संयोजकत्वमा ७ सदस्यीय कार्य संचालन समिति गठन भएको छ । सस्थाको ६ वटा बिभागहरु रहेका छन् । उक्त बिभागको प्रमुखहरुमा जनकराज पाठक(सञ्चार )फणिराज लोहनी(राजु) (श्रोत साधन व्यवस्थापन ), सुन्दर पाण्डे (आर्थिक), तेज लामा (स्वयंसेवक), ज्योति मुड्वरी (प्रशासन) र श्यामकृष्ण गजुरेल (स्वास्थ्य) रहनु भएको छ । त्यसैगरी संचार विभागको उपप्रमुखमा नारायण अधिकारी,आर्थिक बिभागको उपप्रमुखमा कन्छा लामा, प्रशासन बिभागको उपप्रमुखमा दिपेश पाण्डे हुनुहुन्छ ।

 

निश्चल शाही (सञ्चार ) नवराज सिलवाल र रत्नप्रसार रिजाल (प्रशासन ), ईन्द्र श्रेष्ठ र बिष्णुहरि पाण्डे (स्वास्थ्य) बिभागको सदस्यहरु हुनुहुन्छ । यो संस्था विशुद्ध सामाजिक संस्था हो । अत: यस कर्यमा सहयोग पुर्याउन चाहनुहुने व्यक्तिहरुले संस्थासंग सम्पर्क राखी सहयग पुर्याउन संस्थाले अपिल गरेको छ ।