२०७८ श्रावण १९ , मंगलबार

काठमाडौंमा कोरोनाको खोप कार्यक्रम स्थगित

Corona

सुनाखरी न्युज/ काठमाडौँ – काठमाडौमा सञ्चालन भइरहेको कोरोना भाइरस (कोभिड—१९) विरुद्धको खोप कार्यक्रम स्थगित भएको छ । कोरोनाविरुद्धको भेरोसेल खोप असार २९ गतेदेखि साउन २ गतेसम्म सञ्चालन गर्ने भनिए पनि खोप सकिएपछि खोप कार्यक्रम स्थगित गरिएको जिल्ला स्वास्थ्य कार्यालयले सूचना जारी गर्दै जानकारी दिएको हो ।

 

साउन २ गते अर्थात भोलिसम्म सञ्चालन गर्न भनिएको खोप अभियान स्थगित गरिएको स्वास्थ्य कार्यालय काठमाडौंले जानकारी दिएको छ । अर्को सूचना जारी नभएसम्मका लागि भेरोसेल खोप पहिलो मात्रा लगाउने कार्यक्रम स्थगित भएको प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले जानकारी दिए । सरकारले चीनबाट खरिद गरेको मध्ये ८ लाख मात्रा खोप ल्याएपछि खोप अभियान शुरु गरिएको थियो ।

 

मन्त्रीस्तरीय निर्णयबाट ५५ बर्षमाथिका सबै व्यक्तिलाई भेरोसेल खोपको पहिलो मात्रा दिन निर्णय भएको थियो । यो खोप विश्वविद्यालयका प्राध्यापक, विद्यालयका शिक्षक तथा कर्मचारी, सार्वजनिक यातायातमा कार्यरत चालक तथा सहचालकहरुले समेत यसै पटक भेरोसेल खोप दिने र अत्यावश्यक सेवामा संलग्न खोप लगाउन बाँकी व्यक्तिहरु, खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकलाई लगाई दिने निर्णय भएको थियो ।