२०७८ श्रावण १० , आइतवार

ग्लोबल आइएमई बैंकको ७.९९ प्रतिशत ब्याज दरमा विशेष आवासकर्जा योजना

Special Home Loan at 7.99 percent

सुनाखरी न्युज/ काठमाडौँ – ग्लोबल आइएमई बैंक लिमिटेडले ७.९९ प्रतिशत (प्रिमियम सहित)आकर्षक ब्याज दरमाविशेष आवास कर्जा (Home Loan) योजना ल्याएको छ । बैंकले सस्तो तथा सरल किस्ता बन्दीमा आवासिय घर निर्माण गर्न तथा अन्य बैंक बित्तीय संस्थाबाट उपभोग गरिरहेको घर कर्जा सार्ने प्रयोजनको लागि आम ग्राहकलाई लक्षित गरीे यो योजना ल्याएको हो ।

 

यस विशेष आवास कर्जा योजना अन्तर्गत सेवाग्राहीले १५ वर्षसम्मको अवधिका लागि अधिकतम् रु. १ करोड ५० लाख रुपैयाँसम्मकर्जा लिनपाउनेछन् र यो योजनामा सहभागीहुने सेवाग्राहीलाई मोबाइल बैकिङ्गतथाक्रेडिट कार्डमा लाग्ने शुल्कमा पहिलो वर्ष शत–प्रतिशत छुट प्रदान गरिनेछ । बैंकले, कोरोना (कोभिड–१९)ले त्रसित बनाइरहेको अवस्थामा ग्राहकलाई छिटो, छरितो एवंम सहज रुपमा सेवादिई हौसला र साथप्रदानगर्ने उद्देश्यले आवश्यककागजातहरु पेश गरेको ३ कार्य दिनभित्रविना झन्झट कर्जा प्रवाहगर्नेछ ।

 

ग्राहकमहानुभावहरुले नेपालभरी ७६जिल्लामाफैलिएको बैंकका सम्पूर्ण शाखाहरुबाट यो सुविधाउपभोग गर्न सक्नुहुनेछ । सिमित अवधिको लागि ल्याइएको यस योजनाबाट लाभलिन सम्बन्धित सबै पक्षहरुलाई हार्दिक अनुरोध छ । आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै बैंकले वर्षेनीयस्तो सरल तथा सहज किसिमको कर्जा योजना ल्याउने गरेको छ ।