२०७८ श्रावण १३ , बुधवार

सिभिल बैंकको सर्वाधिक ब्याजदर सहितको दुई नयाँ आकर्षक निक्षेप योजना

Creative (3)

सुनाखरी न्युज/ काठमाडौँ – सिभिल बैंक लिमिटेडले सर्वाधिक ब्याजद उपलब्ध गराउने दुई नयाँ निक्षेप योजनाहरु – सुपर प्रिमियम वचत खाता न्युनतम मौज्दात रु २५,००० रहेको “सुपर प्रिमियम वचत खाता”मा बैंकले वार्षिक ६.०१ प्रतिशतको सर्वाधिक ब्याजदर सहित“मेटलाईफ”संगको सहकार्यमा ६ वटा घातक रोगहरु (मेजर क्यान्सर, मेजर स्ट्रोक्स,पहिलो हृदयघात, पल्मनरी हाइपरटेन्सन, हार्ट भल्भ सर्जरी तथा कोरोनरी आर्टेरी डिजिज)को रु दुई लाख सम्मको निःशुल्क औषोधपचार वीमा सुविधा प्रदान गर्नेछ साथै निःशुल्क मोवाईल बैंकिङ, इन्टरनेट बैंकिङ, एटीएम कार्ड, एसएमएस बैंकिङ् सेवा पनि प्रदान गर्नेछ ।

 

त्यसैगरी खुत्रुके खाता (रिकरिंग डिपोजिट)मा अन्य बैंकहरुले प्रदानगरिरहेको रिकरिंग डिपोजिटहरुमा जस्तै सर्त तथा बन्देजहरु नराखी बचत गर्न चाहने ग्राहकले दुईबर्ष देखि दशबर्षसम्मको अवधि चयन गरेर मासिक न्युनतम रु पाँच सय देखि माथि संचय गर्दै जान सक्नेछन्, कुनै महिनामा कुनै कारणबस जम्मागर्न असमर्थ भएमापनिकुनै किसिमको पेनाल्टी नतिरी आफुले निर्धारण गरेको समय सिमापश्चात साँवातथाब्याजको एक मुष्ठ भुक्तानीपाउनेछन । अझ यस खातामा सुपरप्रिमियम बचत खातामा भन्दा १ प्रतिशत थप ब्याजप्रदान गरिनेछ । केहिगरी अवधिको बीचमा आकस्मिक कारणले रकमआवष्यकभएमा संचित रकम को ७० प्रतिशत ऋणमा नैबिना झन्झट रकमनिकाल्न सकिन्छ ।

 

यसको अतिरिक्त बैंकले व्यक्तिगत मुद्दती निक्षेपमापनि ८.७१प्रतिशतको सर्वाधिक ब्याजदर पनि प्रदान गर्दै आईरहेको छ ।विद्यमानकोरोना संक्रमणबाट सिर्जित कठिन अवस्थामाअन्यवित्तीय संस्थाहरुद्वारा निक्षेपमा प्रदान गरिएको ब्याजदरको तुलनामा ग्राहकको मेहनतको कमाईलाई कदर गर्दै आकर्षक ब्याजप्रदानगरिएको कारणले ग्राहकहरु लाभान्वितहुने कुरा बैैंककाप्रमुख डिपोजिट तथा ट्रान्जेक्सन बैंकिगभोला ब. विष्टले वताउनु भयो ।

 

जेष्ठ मसान्त सम्मनिक्षेप तर्फ रु. २८.७९ अर्व (४७.८८ %) र कर्जा तर्फ रु. २९.७६ अर्व (५५.२८% ) वृद्धि गर्न सफलभएको सिभिल बैंकको वृद्धि प्रतिशतअन्य वाणिज्य बैंकहरुको वृद्धि प्रतिशतको तुलनामा सबैभन्दा बढी रहेको छ । त्यसैगरी बैंकले यस आर्थिक वर्षमा निष्क्रिय कर्जाको अनुपातमा समेत उल्लेख्य सुधार गरी १.१३% मासिमित गर्न सफलभएको छ । गतअसार मसान्तमा उक्त अनुपात २.३८% रहेको थियो । सिभिल बैंक लिमिटेडले आफ्नाग्राहकहरुलाई आगामीदिनमाथप यस्तै आकर्षक सेवा÷योजनाहरु प्रदानगर्दै जाने पनिबताएको छ ।