२०७८ श्रावण ११ , सोमवार

शुक्ला साहित्य प्रतिष्ठानद्वारा समिती गठन

Capture

शिशिर पौडेल / पोखरा – शुक्ला साहित्य प्रतिष्ठान बाटुलेचौर पोखराले विभिन्न विधामा पर्दान गर्ने पुरस्कारको सष्टा छनौट गर्न समिती गठन गरेको छ । प्रतिष्ठानका मानार्थ सदस्य राम ब वानियाको संयोजकत्वमा डा पुष्पा के सी भण्डारी, मदन व केसी, इन्दु भटराई र वरिष्ठ उपाध्यक्ष हरि वरुवाल रहेको ५ सदस्यी य समिती गठन गरेको हो ।

 

पतिष्ठानले पत्यक २-२ वर्षमा रु २५,५५५ राशीको मदन चन्दा् साहित्य तथा समाज सेवा पुरस्कार, रु.१०,१०१ राशीको चेक व वरवाल लोक साहित्य पुरस्कार, र ११,१११रुपैया राशीको शुक्ला साहित्य वाल गौरव पुरस्कार पर्दान गर्दै आएको अध्यक्ष सुमन राज पौडेलले जानकारी दिनुभयो । यसअघि राष्टिय पुरस्कारवाट संस्कृतिविद् डा जगमान गुरुङलाई प्रतिष्ठानले हालै एक कार्यक्रममा सम्मान गरिसकेको छ ।

प्रतिष्ठानले साहित्यीक गतिविधीसंगै वाल साहित्यको विधालाई पोत्साहन दिदैं आईरहेको छ । नियमित रुपमा रचना वाचन गर्दै आएको पतिष्ठानले भजन चुड्कालाई पनि संरक्षण गरिरहेको जनाएको छ ।