२०७८ श्रावण १० , आइतवार

आजदेखि ‘डन्ट माइन्ड’

Ra

सुनाखरी न्युज/  काठमाडौं-

अभिनेत्री रजनी केसीको समेत मुख्य भूमिका रहँदै आएको श्रृंखला ‘डन्ट माइन्ड’ सुरु हुने भएको छ । ‘डन्ट माइन्ड’ फेरि नियमित प्रसारणमा फर्किन लागेको अभिनेत्री रजनी केसीले बताएकी छन् । निषेधाज्ञाका कारण रोकिएका हाँस्यश्रृंखलाहरु धमाधम सुरु हुन थालेका छन् । ‘सक्किगो नी’, ‘जुठे’लगायतका केही श्रृंखला केही साता अगाडिबाट सुरु भइसकेका छन् भने केही सुरु हुने क्रममा रहेका छन् ।

उनले सामाजिक संजालमा श्रृंखलाको जानकारी दिँदै लेखेकी छन् ‘डन्ट माइन्ड’ निषेधाज्ञाकाले रोकिएको श्रृंखला ‘डन्ट माइन्ड’ सुरु हुन लागेको छ ।’ रवि शर्मा, कमल मैनाली, निर्मल शर्मा, रजनी केसी, सुनिता श्रेष्ठ, स्मारिका खनाल, रामेश्वर केसी, घनश्याम गौतम, सुरेश तिलिल्सिना, विश्वमणी घिमिरे, चीजकुमार श्रेष्ठ, सुमन गिरी र लक्ष्मणसिंह बस्नेतलगाय कलाकारको मुख्य अभिनय रहने श्रृंखला म्युजिक नेपालको प्रस्तुति निर्माण भएको हो । श्रृंखलामा ख्याति प्राप्त कलाकार समेत अतिथिको रुपमा देखिँदै आएका छन् ।

बिभिन्न राजनीतिक घटना र समसामयिक विषयवस्तुमा निर्माण हुने श्रृंखलाले व्यङ्ग्यात्मक विषयवस्तु प्रस्तुत गर्दै आएको छ ।