२०७८ श्रावण १९ , मंगलबार

कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीको अवकाश

सुनाखरी न्युज/ काठमाडौं – कुमारी बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी ले ४ वर्षको सफल कार्यकाल समापन गरी आफ्नो पदीय जिम्मेवारीबाट अवकाश लिनुभएको छ । कुमारी बैंकको संचालक समितिको बैठकको निर्णयानुसार बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत रहनुभएका अनुज मणि तिमिल्सिना लाई मिति २०७८/०४/१ गते देखि लागू हुने गरी कायममुकायम प्रमुख कार्यकारी अधिकृत तोकिएको छ ।

 

३५ वर्षको लामो बैंकिंङ्ग करियर लगायत विभिन्न बैंकका प्रमुख कार्यकारी अधिकृतको रुपमा २१ वर्षको वृहत कार्यकालको अनुभव कमाउन सफल सुरेन्द्र भण्डारीज्यूको कार्यकाल सुखद् र अत्यन्तै सफलदायी रहेको जानकारी कुमारी बैंक लिमिटेडले दिएको छ ।उहाँको कार्यकालमा बैंकले प्रशंसनीय स्थरोत्रति गर्दै नेपालका सफल बैंकहरूको सूचीमा अग्रस्थानमा पुग्न सफल भएको छ । बैंकले यही कार्यकालमा ७ विभित्र वित्तीय संस्थाहरूका साथै तत्कालीन देवः विकास बैंकलाई पनि प्राप्ति गरेर बैंकको व्यवसायको दायरा निवैm फराकिलो पारेको थियो ।

 

बैंकको सञ्चालक समितिको बैठकमा सुरेन्द्र भण्डारी ले आफ्नो परिवार तथा समाज प्रतिका अन्य जिम्मेवारीहरु वहन गर्नुपर्ने बेला आएको हुनाले पदभारबाट विदा लिन चाहेको जानकारी गराउंदै नयाँ पिँढीले बैंकको सबल, सक्षम कार्यसम्पादन गर्नका लागि शुभकामना पनि दिनुभयो ।