२०७८ श्रावण १० , आइतवार

ठूलो मात्रामा लागूऔषध सहित १ जना पक्राउ

7

सुनाखरी न्युज/ पोखरा – लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलिले यही असार ३० गते कास्कीको पोखरा महानगरपालिका वडा नं.१ बगरबाट ठूलो मात्रमा लागूऔषध सहित १ जनालाई पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा पोखरा महानगरपालिका-१ बगर बस्ने वर्ष ४९ को अर्जुन कुमार गुरुङ रहेका छन् । पोखराको बगर क्षेत्रमा लागूऔषधको कारोबार भईरहेको भन्ने विशेष सूचनाका आधारमा लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलिले निज गुरुङलाई शंकास्पद अवस्थामा फेलापारी व्यक्ति र घर समेतको तलासी लिँदा निजको घरकोठाबाट सुटकेस भित्र लुकाई छिपाई राखेको अवस्थामा लागूऔषध डाईजापान ६७० एम्पुल, फेनारगन ६७० एम्पुल, नुर्फिन– ६७४ एम्पुल गरी जम्मा २०१४ एम्पुल, नगद रु.५,२१,२०० (पाँचलाख एक्काईस हजार दुईसय) र मोबाईल १ थान सहित फेला पारी बरामद गरेको हो ।

 

पक्राउ परेका निज उपर लागूऔषध सम्बन्धी कसूर अन्तर्गत मुद्दा दर्ता गरी घटनाका विषयमा थप अनुसन्धान पनि भइरहेको छ ।