२०७८ श्रावण १३ , बुधवार

राष्ट्रपतिले गरिन् प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक आह्वान

president

सुनाखरी न्युज/ काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभा बैठकको आह्वान गरेकी छन्। उनले साउन ३ गते दिउँसो ४ बजेका लागि बैठक आह्वान गरेकी हुन्।

 

बिहीबार मन्त्रिपरिषद बैठकले सिफारिस गरेअनुसार राष्ट्रपति भण्डारीले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेकी हुन् । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले गत असार २८ गते सोमबार राति १२ बजे अधिवेशन अन्त्य गरिदिएका थिए।