२०७८ श्रावण ११ , सोमवार

नेपाल चेम्बर अफ कमर्सको निर्यात प्रवद्र्धन समिति गठन

218345485_2971492963179831_1925261507321972629_n

सुनाखरी न्युज/ काठमाडौं – नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले नेपाल चेम्बर अफ कमर्स कार्य समिति सदस्य सुरेन्द्र भाई शाक्यको सभापतित्वमा गठित निर्यात प्रवद्र्धन समितिमा मनोनित हुनु भएका सल्लाहकार, पदाधिकारी तथा सदस्यहरुलाई मनोनयन पत्र प्रदान गर्नु भयो ।

 

उतm समितिको सल्लाहकारमा शरद विक्रम राणा, सह सभापतिमा बिनोद मल्ल, सह सभापतिमा जीवन रत्न शाक्य तथा सदस्यहरुमा क्रमश रविन्द्र शाक्य, महेश्वर श्रेष्ठ, रेशम बहादुर पोखरेल, सुषमा शर्मा तथा मीलन विर मालाकार मनोनित हुनु भएको छ । नव मनोनित पदाधिकारी तथा सदस्यहरुलाई मनोनयन पत्र प्रदान गर्नु हुंदै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले यस समितिमा निर्यात प्रवद्र्धन क्षेत्रमा लामो अनुभव हाशिल गर्नु भएका महानुभावहरुको प्रतिनिधित्व भएकोले निर्यात प्रवद्र्धन क्षेत्रमा चेम्बरले गरिने पहलको लागि उल्लेखनिय भूमिका निर्वाह गर्नु हुने अपेक्षा राख्दै कार्यकालको सफलताको कामना गर्नु भयो ।

 

सो अवसरमा नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवालको पनि उपस्थिति थियो ।