२०७८ आश्विन १२ , मंगलबार

पाटा नेपाल च्याप्टरद्वारा टिप्सीको सहकार्यमा नेपालको पर्यटन क्षेत्रको लागि निःशुल्क “हस्पिट्यालिटी ट्रेनिङ्ग” सुरु

सुनाखरी न्युज/ काठमाडौं – प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले सम्पूर्ण नेपाली पर्यटन तथा हस्पिट्यालिटी व्यवसाय, विद्यालय वा संस्थाहरुमा आबद्ध असीमित प्रयोगकर्ता वा सरोकारवालाहरूले प्रयोग गर्न मिल्ने गरी निःशुल्क तीन महिनाको टिप्सी– अनलाइन लर्निङ्ग प्लेटफर्म प्रीमियम पहुँचको साथ प्रदान गर्ने तालिम अभियान सुरु गरेको छ ।

 

पाटा नेपालका सीईओ–सुरेश सिंह बुडाल र टिप्सीका एशियाप्याशिफिक क्षेत्रीय निर्देशक–टोनी बोल्फले नेपालको पर्यटन पुनरुत्थान अभियानलाई सहयोग गर्ने उद्धेश्यले जुलाई १२ तारेख २०२१ मा “हस्पिट्यालिटी ट्रेनिङ्ग– द रोड टु रिकभरी एण्ड बियोण्ड“ नामक साझेदारी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन । टिप्सी एक विश्वका सर्वश्रेष्ठ पर्यटन एवं हस्पिट्यालिटी प्रोफेशनलहरु र विश्व–विख्यात प्रशिक्षकहरूद्वारा निर्मित पाठ्यक्रम सहित पर्यटन र हस्पिट्यालिटी उद्योग को लागी अनलाइन शिक्षा प्रदान गर्ने एक विशिष्ट प्लेटफर्म हो । उक्त प्लेटफर्मले कम्प्लाइन्स, व्यवसाय, व्यवस्थापन, पेय पदार्थ, पाक कला , होटल, र सेवासँग सम्बन्धित १००० भन्दा बढी अनलाइन पाठहरूमा असीमित पहुँच प्रदान गरिरहेको छ ।

 

नेटफ्लिक्स शैलीमा निर्माण गरिएको टिप्सी लाइब्रेरीले पर्यटन एवं हस्पिट्यालिटी क्षेत्रमा आबद्ध तथा ईच्छुक प्रोफेशनलहरुलाई सीप विकास गर्न, दक्षता निर्माण गर्न, आत्मविश्वास बढाउन र आफ्नो प्रोफेशनल अभिरुची खोज एवं अभिवृद्धि गर्न प्रोत्साहित गर्नेगरी डिजाइन गरिएको छ । टिप्सीमार्फत शिक्षार्थीहरूले उनीहरूको पाठ र पाठ्यक्रमहरूमा तत्काल पहुँच प्राप्त गर्न सक्दछन् जसमा डाउनलोड गर्न मिल्ने सामाग्रीहरु, हिज्जे, र विश्वव्यापी रूपमा “द इन्ष्टिच्यूट अफ हस्पिट्यालिटी“ द्वारा अनुमोदित एवं स्वीकृत सर्टिफिकेटहरु प्राप्त गर्दछन । पाटा नेपाल च्याप्टरका कोषाध्यक्ष एवम मानव पूंजी विकास समीति संयोजक – खेम लकाईले नेपालको पर्यटनमा मानव संसाधन विकास तथा पर्यटन पुनरुत्थान अभियानलाई सहयोग पु¥याउने उद्धेश्यले टिप्सीसँगको सहकार्य पहल गरिएको बताउनु भयो । उहाँले आत्म निर्देशित शिक्षण विधि मार्फत माइक्रोलर्निङ्गले नयाँ पुस्तालाई सशक्तिकरण गरिरहेको परिवेशमा अहिलेको समय पर्यटन पुनःसुचारु गर्न आवस्यक ज्ञान, शीप, क्षमता, तत्परता एवम तयारीलाई सुदृढ पार्न केन्द्रित हुने बेला भएको बताउनु भयो र टिप्सीसँगको यस सहकार्यले नेपालमा द्रुत, सशक्त र जिम्मेवार रुपमा पर्यटन पुनरुत्थानको अभियानलाई सहयोग पु¥याउने विश्वास ब्यक्त गर्नुभयो ।

 

नेपालमा पर्यटन तथा हस्पिट्यालिटी क्षेत्रमा आबद्ध सम्पूर्ण व्यवसाय, कलेज र संस्थाहरुले यो सुविधा प्राप्त गर्नका लागि सेप्टेम्बर २०२१ सम्म दर्ता गर्नुपर्ने छ र दर्ता मितिको एक हप्ताभित्र आवस्यक अकाउण्ट लगईन विवरणहरूको साथ टिप्सीको एक प्रतिनिधि ईमेल मार्फत उहाँहरुको सम्पर्कमा रहनेछ । उक्त निःशुल्क टिप्सी प्रिमियम सदस्यताको अवधि सम्बन्धित व्यवसाय वा शैक्षिक संस्थाको टिप्सी प्रिमियम सदस्यता दर्ता मिति देखि तीन महिनाको लागि हुनेछ ।