२०७८ श्रावण ११ , सोमवार

नेप्से ११.३३ अंकले बढ्यो

nepse

सुनाखरी न्युज/ काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कोरोबारको बिहिबार दोहोरो अंकको बृद्धि भएको छ । आज नेप्से ११.३३ अंकले बढेर दुई हजार आठ सय ८३ दशमलब ३८ विन्दुमा पुगेको छ । त्यस्तै आज कारोबार रकम पनि बढेको छ । आज ८ अर्ब १४ करोड ३६ लाख बराबरको कारोबार भएको छ । हिजो बुधबार नेप्सेमा ५ अर्ब ६५ करोड ४५ लाख बराबरको कारोबार भएको थियो ।

 

नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूलय बढ्ने कम्पनीहरुमा ङादी ग्रुप पावर र रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी रहेका छन् । आज ङादीको शेयरमूल्य ९.४० प्रतिशतले बढेको छ भने रैराङको ८.९१ प्रतिशतले बढेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी गुँरास फाइनान्स कम्पनीको भएको छ । यस कम्पनीको आज ३६ करोड भन्दा बढीको कारोबार भएको छ ।