२०७८ श्रावण १० , आइतवार

माछापुच्छ्रे बैंकको ३० लाख इकाई ऋणपत्र बिक्री खुला

Capture

सुनाखरी न्युज/ काठमाडौं – माछापुच्छ्रे बैंकले बिहीबार (असार ३१ गते) देखि ३ अर्ब रुपैयाँको ऋणपत्र बिक्री खुला गरेको छ । बैंकले १ हजार रुपैयाँ अंकित मूल्यमा ३० लाख कित्ता ‘माछापुच्छ्रे ऋणपत्र २०८७’ जारी गरेको हो ।

 

यसमध्ये १२ लाख कित्तामा सर्वसाधारणले लगानी गर्न सक्नेछन् । बाँकी १८ लाख कित्ता भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । यसमा वार्षिक ब्याजदर ८.५% पाइनेछ । यस ऋणपत्रमा साउन ४ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै ऋणपत्र बिक्री नभएमा साउन १७ गतेसम्म बिक्री खुला हुनेछ ।

 

यसमा न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्तासम्म आवेदन दिन सकिन्छ । बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङले गरेको छ । ऋणपत्रमा सी–आस्वाको माध्यमबाट आवेदन दिन सकिनेछ ।