२०७८ श्रावण ११ , सोमवार

कोरोना उपचार र नियन्त्रणलाई प्रभावकारी बनाउन प्रधानमन्त्री देउवाको निर्देशन

deauba

सुनाखरी न्युज/ काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना उपचार, रोकथाम र नियन्त्रणलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन । बुधबार सिंहदरवारमा कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीसँगको छलफलमा प्रधानमन्त्री देउवाले कोरोना नियन्त्रण लाई चुस्त बनाउन निर्देशन दिएका हुन ।

 

प्रधानमन्त्री नियुक्त भएको दोस्रो दिनमा देउवाले कोरोनाको उपचार, रोकथाम र व्यवस्थापनका बारेमा भएका कामकारवाहीका बारेमा जानकारी लिएका हुन । प्रधानमन्त्री देउवा नेतृत्वको सरकारको मंगलबार साँझ बसेको पहिलो बैठकले चैत मसान्तभित्र खोप लगाउन योग्य सबै नागरिकलाई कोरोना खोप उपलब्ध गराउने निर्णय गरेको थियो । देउवा सरकारले कोरोना नियन्त्रण र खोपको उपलब्धतालाई प्राथमिकता दिएको छ ।

 

सरकारले कोरोना नियन्त्रणका लागि अहिलेसम्म भएको सम्पूर्ण खर्च विवरण सार्वजनिक गर्ने निर्णय पनि गरेको थियो । साथै कोरोना नियन्त्रणमा अग्रमोर्चामा रहेर काम गर्दै आएका स्वास्थ्यकर्मी, सफाइकर्मी र सुरक्षाकर्मीलाई एक हप्ताभित्रै जोखिम भत्ता वितरण सुरु गर्ने निर्णय पनि गरेको थियो ।