२०७८ श्रावण ११ , सोमवार

प्रचण्ड, नेपाल र विप्लवबीच कोटेश्वरमा भेटवार्ता

7

सुनाखरी न्युज/ काठमाडौं – एमाले नेता माधव कुमार नेपालको निवास कोटेश्वरमा तीन पार्टीका नेताबीच भेटवार्ता भएको छ । बिहीबार बिहान नेता नेपाललाई भेट्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपामा महासचिव नेत्र विक्रम चन्द कोटेश्वर पुगेका हुन्।

 

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लव र एमाले वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटघाट भएको छ । नेता नेपालसँगको भेटमा विप्लव नेकपामा नेता धर्मेन्द्र बास्तोला पनि सहभागी थिए । भेटमा भएको कुराकानीबारे बाहिर जानकारी आइसकेको छैन।

 

बिहीबार चन्द र बाँस्तोला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न उनको निवास पुगेका थिए । जेलमा रहेका पार्टीका नेता, कार्यकर्ता छुटाउनका लागि पहल गरिदिन चन्द प्रचण्डसँग आग्रह गरेको जानकारी बाहिर आएको थियो ।